घुस लिएको आरोपमा थानकोटका इन्सपेक्टर परिसर तानिए
आइतबार, १९ पुस २०७७, २२ : २४
काठमाडौं । सेवा ग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई जिम्मेवारी मुक्त गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारी मुक्त गरिएको रातोपाटीलाई बताए । शर्मा वृत थानकोटको मुद्धा शाखामा कार्यरत थिए ।
थानकोट वृत्तमा दर्ता भएको सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको बताइएको छ । घुस लिएको सुराक पाएपछि एसएसपी सिंहले उनलाई जिम्मेवारीबाट हटाएका हुन् । ‘बद्मासी गरेपछि अहिले परिसरमा तानिएको छ’ एसएसपी सिंहले भने–‘थप कारवाहीका लागी महानगरीय प्रहरी कार्यालयमा लेखेर पठाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण