सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

घुस लिएको आरोपमा थानकोटका इन्सपेक्टर परिसर तानिए

आइतबार, १९ पुस २०७७, २२ : २४
आइतबार, १९ पुस २०७७

काठमाडौं । सेवा ग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई जिम्मेवारी मुक्त गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारी मुक्त गरिएको रातोपाटीलाई बताए । शर्मा वृत थानकोटको मुद्धा शाखामा कार्यरत थिए ।

थानकोट वृत्तमा दर्ता भएको सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको बताइएको छ । घुस लिएको सुराक पाएपछि एसएसपी सिंहले उनलाई जिम्मेवारीबाट हटाएका हुन् । ‘बद्मासी गरेपछि अहिले परिसरमा तानिएको छ’ एसएसपी सिंहले भने–‘थप कारवाहीका लागी महानगरीय प्रहरी कार्यालयमा लेखेर पठाउँछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप