हायात रिजेन्सीले दोस्रो पटक पनि बाजी मार्यो अग्रणी होटल/ रिसोर्टको अवार्ड
हायात रिजेन्सी काठमाडौंले अग्रणी लग्जरी होटल/रिसोर्टको अवार्ड बाजी मारेको छ । हायातलाई साउथ एसियन ट्राभल अवार्डले उक्त उपाधि प्रदान गरेको हो । गत डिसेम्बर २०२० मा भर्चुअल रुपमा आयोजित एक कार्यक्रममा हायातलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड भने त्यसको पाँच दिनपछि अर्थात् डिसेम्बर २० मा हात परेको छ ।
हायातले लगातार दोस्रो पटक यो अवार्ड आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।
‘यो हायात रिजेन्सी काठमाडौंका लागि एक महत्वपूर्ण अवार्ड हो, हाम्रा पाहुनाहरुको आवश्यकता पूरा गर्न कडा मिहिनेत गर्ने साथीहरु र व्यवस्थापनका लागि सम्मान हो,’ अवार्ड हासिल गरेपछि हायात रिजेन्सी काठमाडौंका महाप्रबन्धक राजेश रामदसले भने ।
यसअघि, विश्वकै सबैभन्दा ठूलो ट्राभल प्लेटफर्मको रुपमा रहेको ट्रिप एड्भाइजरले हायातलाई १८ औं ट्राभल च्वाइस अवार्ड प्रदान गरेको थियो ।
साथै हायातले विभिन्न काल खण्डमा थुप्रै अवार्ड जित्दै आएको छ । सन् २०१८ र २०१९ मा हायातले हल अफ फ्रेम अवार्ड, सन् २०१७ मा ट्राभलर्स च्पाइस अवार्ड तथा सन् २०१६ मा सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड समेत प्राप्त गरेको थियो ।
काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको हायात रिजेन्सी होटल २८० रुम र बँगैचासहित फैलिएको पाँचतारे डिलक्स होटल हो । यहाँबाछ बौद्धनाथ स्तुपा र हिमालय पर्वतको दृश्यावलोकन समेत गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण