आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हायात रिजेन्सीले दोस्रो पटक पनि बाजी मार्‍यो अग्रणी होटल/ रिसोर्टको अवार्ड

सोमबार, २० पुस २०७७, १६ : ५८
सोमबार, २० पुस २०७७

हायात रिजेन्सी काठमाडौंले अग्रणी लग्जरी होटल/रिसोर्टको अवार्ड बाजी मारेको छ । हायातलाई साउथ एसियन ट्राभल अवार्डले उक्त उपाधि प्रदान गरेको हो । गत डिसेम्बर २०२० मा भर्चुअल रुपमा आयोजित एक कार्यक्रममा हायातलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड भने त्यसको पाँच दिनपछि अर्थात् डिसेम्बर २० मा हात परेको छ । 

हायातले लगातार दोस्रो पटक यो अवार्ड आफ्नो पोल्टोमा पार्न सफल भएको हो । 

‘यो हायात रिजेन्सी काठमाडौंका लागि एक महत्वपूर्ण अवार्ड हो, हाम्रा पाहुनाहरुको आवश्यकता पूरा गर्न कडा मिहिनेत गर्ने साथीहरु र व्यवस्थापनका लागि सम्मान हो,’ अवार्ड हासिल गरेपछि हायात रिजेन्सी काठमाडौंका महाप्रबन्धक राजेश रामदसले भने । 

यसअघि, विश्वकै सबैभन्दा ठूलो ट्राभल प्लेटफर्मको रुपमा रहेको ट्रिप एड्भाइजरले हायातलाई १८ औं ट्राभल च्वाइस अवार्ड प्रदान गरेको थियो । 

साथै हायातले विभिन्न काल खण्डमा थुप्रै अवार्ड जित्दै आएको छ ।  सन् २०१८ र  २०१९ मा हायातले हल अफ फ्रेम अवार्ड, सन् २०१७ मा ट्राभलर्स च्पाइस अवार्ड तथा सन् २०१६ मा सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड समेत प्राप्त गरेको थियो ।

काठमाडौंको चाबहिल चुच्चेपाटीमा रहेको हायात रिजेन्सी होटल २८० रुम र बँगैचासहित फैलिएको पाँचतारे डिलक्स होटल हो  । यहाँबाछ बौद्धनाथ स्तुपा र हिमालय पर्वतको दृश्यावलोकन समेत  गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप