अमेरिकामा प्रत्येक ३३ सेकेन्डमा एक जनाको मृत्यु
एजेन्सी । नयाँ वर्षको दिनसम्म २ करोड अमेरिकी जनतालाई खोप लगाउने योजना पुरा हुन सकेन । अब, अमेरिकामा कोभिड १९ का कारण अर्को नयाँ चुनौती देखापरेको छ । पछिल्लो साताको औसत तथ्यअनुसार अमेरिकामा प्रतिदिन २ हजार ६ सय ३७ जनाले ज्यान गुमाए, यो जोन हप्किन्स विश्वविद्यालयले तयार गरेको आँकडा हो । यसको अर्थ प्रत्येक ३३ सेकेन्डमा अमेरिकामा औसत एक जनाले ज्यान गुमाउने गरेका छन् ।
महामारी सुरु भएयता डिसेम्बर महिना अमेरिकाका लागि सबैभन्दा धेरै घातक रह्यो । यस महिना ७७ हजार ५ सय ७२ जनाले ज्यान गुमाए । नयाँ संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या निरन्तर बढेकाले मृतक संख्या थप बढ्ने सम्भावना देखिन्छ ।
सोमबार यस महामारी सुरु भएयताकै सबैभन्दा उच्च संख्यामा मानिसहरु अस्तपाल भर्ना भए, कोभिड ट्रयाकिङ प्रोजेक्टका अनुसार सोमबार अस्पताल भर्ना हुनेको संख्या १ लाख २८ हजार २ सय १० थियो । गत साता अमेरिकामा दैनिक सरदर २ लाख १३ हजार ४ सय ३७ जनामा नयाँ संक्रमण देखियो ।
क्रिसमस र नयाँ वर्षको बिदाका अवसरमा भएका भेलाले संक्रमण बढाएको विज्ञहरु बताउँछन् । भ्याक्सिन लगाउने काम भइरहनका बाबजुद यसरी बढ्दो संख्यामा रहेको कोभिड १९ संक्रमणका कारण अस्पतालहरु भरिभराउ हुने र त्यहाँ बिरामीले ठाउँ नपाएपछि मृतकको संख्या थप बढ्ने विज्ञहरुको अनुमान छ ।
अमेरिकाका स्वास्थ केन्द्रहरुमा झन्डै १ करोड ५४ लाख डोज भ्याक्सिन वितरण गरिएको छ । यद्यपि, ४५ लाख मानिसले मात्रै पहिलो डोज लगाउन पाएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस्तो जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण