अमेरिकामा प्रत्येक ३३ सेकेन्डमा एक जनाको मृत्यु

एजेन्सी । नयाँ वर्षको दिनसम्म २ करोड अमेरिकी जनतालाई खोप लगाउने योजना पुरा हुन सकेन । अब, अमेरिकामा कोभिड १९ का कारण अर्को नयाँ चुनौती देखापरेको छ । पछिल्लो साताको औसत तथ्यअनुसार अमेरिकामा प्रतिदिन २ हजार ६ सय ३७ जनाले ज्यान गुमाए, यो जोन हप्किन्स विश्वविद्यालयले तयार गरेको आँकडा हो । यसको अर्थ प्रत्येक ३३ सेकेन्डमा अमेरिकामा औसत एक जनाले ज्यान गुमाउने गरेका छन् ।
महामारी सुरु भएयता डिसेम्बर महिना अमेरिकाका लागि सबैभन्दा धेरै घातक रह्यो । यस महिना ७७ हजार ५ सय ७२ जनाले ज्यान गुमाए । नयाँ संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या निरन्तर बढेकाले मृतक संख्या थप बढ्ने सम्भावना देखिन्छ ।
सोमबार यस महामारी सुरु भएयताकै सबैभन्दा उच्च संख्यामा मानिसहरु अस्तपाल भर्ना भए, कोभिड ट्रयाकिङ प्रोजेक्टका अनुसार सोमबार अस्पताल भर्ना हुनेको संख्या १ लाख २८ हजार २ सय १० थियो । गत साता अमेरिकामा दैनिक सरदर २ लाख १३ हजार ४ सय ३७ जनामा नयाँ संक्रमण देखियो ।
क्रिसमस र नयाँ वर्षको बिदाका अवसरमा भएका भेलाले संक्रमण बढाएको विज्ञहरु बताउँछन् । भ्याक्सिन लगाउने काम भइरहनका बाबजुद यसरी बढ्दो संख्यामा रहेको कोभिड १९ संक्रमणका कारण अस्पतालहरु भरिभराउ हुने र त्यहाँ बिरामीले ठाउँ नपाएपछि मृतकको संख्या थप बढ्ने विज्ञहरुको अनुमान छ ।
अमेरिकाका स्वास्थ केन्द्रहरुमा झन्डै १ करोड ५४ लाख डोज भ्याक्सिन वितरण गरिएको छ । यद्यपि, ४५ लाख मानिसले मात्रै पहिलो डोज लगाउन पाएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस्तो जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित
-
पर्वत घटनाका दोषीलाई कारबाही गर्न एमाले गण्डकीको माग
-
नेपाल मगर विद्यार्थी सङ्घको स्थगित भएको निर्वाचन वैशाख ३१ गते हुने
-
झापाबाट करिब १५ लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
-
नुर अहमदको शानदार बलिङ, कोलकाताद्वारा १ सय ८० रनको लक्ष्य प्रस्तुत
-
बाल मन्दिर जग्गा प्रकरण : रिता सिंह र योगेन्द्र शाहीसँग बयान लिइएन