चिनियाँ राष्ट्रपति सीले भने- चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार छ
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङले चिनियाँ सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । भारतसँग टकराव जारी रहेकै बेला चिनियाँ राष्ट्रपति सीले आफ्नो सेना जतिबेला पनि युद्धका लागि तयार रहेको बताएका हुन् । राष्ट्रपति सीले आफ्नो सेनालाई वास्तविक लडाईको परिस्थितिमा जुध्नुपर्ने हुनसक्ने दाबी गर्दै सैनिक अभ्यास गर्न निर्देशन समेत दिएका छन् ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार केन्द्रीय सैन्य आयोग(सिएमसी)को अध्यक्षता गर्दै राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सो निर्देशन दिएका हुन् । उनले जुनसुकै समयमा पनि युद्धका लागि तयार हुनुपर्ने भन्दै तयारी अवस्थामा रहन सेनालाई आदेश दिएका छन् । साथै उनले वास्तविक लडाईको परिस्थितिलाई ध्यानमा राख्दै सैन्य प्रशिक्षण गर्न र जसरी पनि युद्ध जित्ने तयारीमा रहन आदेश दिएका छन् ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार राष्ट्रपति सीले कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) का पिएलएले जुलाई १ सम्म उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । स्मरणरहोस्ः आगामी जुलाई १ चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्ष पुग्ने महत्वपूर्ण दिन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण