भारतीय छात्रले बनाए सबैभन्दा हलुका स्याटेलाइट
भारतको लमिलनाडु राज्यको त्रिची भन्ने शहरका एकजना विधार्थीले अहिलेसम्म कै सबैभन्दा हलुको स्याटेलाइट बनाएका छन् । उनको यस उपलब्धिलाई अमेरिकी संस्था नासाले मन पराएको छ। नासाले उनको यस स्याटेलाइटलाई सन २०२१ भित्रै प्रक्षेपण गर्ने योजना बनाएको छ।
रियासदीन सम्सुद्दीन त्रिचीको यूनिभर्सिटीमा मेक्ट्रोनिक्स इंजीनियरिंगका विधार्थी हुन्। उनले फेम्टो (FEMTO ) प्रविधिको स्याटेलाइट विजन साईट १ र विजन साईट २ को मॉडल तैयार पारेका छन् ।
फेम्टो भनेको मेट्रिक प्रणालीको एउटा यूनिट हो। यसको मान १० को घात माइनस १५ हुन्छ। फेम्टो स्याटेलाइट भनेको ती स्याटेलाइट हुन् जसको भार १०० ग्राम भन्दा कम हुन्छ। सम्सुद्दीनले बनाएका दुबै मॉडलको तौल जम्मा ३३ मिलीग्राम रहेको छ र यसको आकार जम्मा ३३ मिलीमीटर रहेको छ। यस स्याटेलाइटमा ११ वटा सेंसर जडान गरिएका छन् । यी सेंसरले माइक्रोग्रेभिटी सम्बन्धी रिसर्चमा सहयोग गर्ने छन् ।
सम्सुद्दीनले प्रस्तावित स्याटेलाइट बनाउन 'थ्रीडी प्रिंटेड पॉलीथेरीमाइड थर्मोप्लास्टिक' (Polytherimide Thermoplastic) प्रयोगमा ल्याएका छन्। उनका अनुसार पॉलीथेरीमाइड थर्मोप्लास्टिक एक किसिमको रेजिन पदार्थ हो। मैले यसको प्रयोग स्याटेलाइटमा प्रयोग गरिने सुन र टाइटेनियमको सट्टा गरेको हुँ। यो पदार्थ सुन र टाइटेनियम भन्दा धेरै हलुको हुन्छ।
स्याटेलाइटमा सुन र टाइटेनियमको प्रयोग 'लॉन्ग लास्टिंग' का लागि गरिन्छ।
पॉलीथेरीमाइड थर्मोप्लास्टिकको स्याटेलाइटमा उपयोग कतिको प्रभावी हुन्छ, यसबारे उनी भन्छन् - यसबारे प्रक्षेपण उपरान्त नै थाहा हुन्छ। प्रक्षेपण भएको स्याटेलाइट अंतरिक्षमा कति समयसम्म टिक्छ यसले नै पॉलीथेरीमाइड थर्मोप्लास्टिकको स्याटेलाइट प्रविधिमा उपयोगिता हुने नहुने निर्धारित हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण