श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला
आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण