पूर्व प्रधानन्यायाधीशहरुले मुख खोल्नु ऐतिहासिक महत्वको परिघटनाः बाबुराम भट्टराई
शुक्रबार, २४ पुस २०७७, २३ : २२
काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले चार पूर्व प्रधानन्यायाधीशहरुले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्वको परिघटना भएको बताएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुरा बताएका हुन् ।
भट्टराईले जब देशको मूल कानून भनिने संविधानमाथि बन्चरो चल्छ त्यसबेला कुनै सचेत नागरिक चुप लागेर बस्न नसक्ने बताउँदै आ–आफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गर्न आग्रह गरेका छन् । उनले भनेका छन्ः ‘जब देशको मूल कानून भनिने संविधानमाथि एउटा सन्की शासकले बन्चरो चलाउँछ, त्यतिबेला कुनै सचेत नागरिक चुप बस्न सक्दैन र हुँदैन । सबैले आ-आफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गरौं । नत्र कलंक लाग्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण