नेपालमा हाइड्रोजन इन्धनको अध्ययन गरिँदै
काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिए । “हाइड्रोजनका बारेमा विश्व धेरै अगाडि बढेको छ, यो प्रविधि ल्याउन प्रयोग गर्ने र स्वदेशी सफा ऊर्जा हाइड्रोजनको प्रवद्र्धनमा निगमले ढिला नगरी काम सुरु गरेको हो,” उनले भने, “हाइड्रोजन भविष्यको बलियो र उत्तम स्रोत हो भन्ने बुझेर काम नगरिए हामी पछाडि पर्न सक्छौँ ।”
पौडेलका अनुसार निगम अब हाइड्रोजन उत्पादनका लागि नीतिगत कानुनी समस्या के छन्, त्यो सल्टाउने र यो क्षेत्रमा लगानीको वातावरण बनाउन लागिपर्नेछ । निगमको आकलनमा आगामी पाँच वर्षभित्र नेपालमा हाइड्रोजन इन्जिनजडित सवारी साधन भित्रिइसकेका हुनेछन् र त्यसमा हाइड्रोजन इन्धन आपूर्ति गर्न निगम तयार हुनेछ । निगमले यससम्बन्धी अध्ययन अनुसन्धान लगायतको प्रबन्धका लागि काठमाडौँ विश्वविद्यालय (केयू)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
निगम र विश्व विद्यालयबीचको समझदारी पत्रमा निगमका निर्देशक दीपक बराल र विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपालीले हस्ताक्षर गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण