५ ग्राम खैरो हेरोईनसहित २ जना पक्राउ
काठमाडौँ – झापा र मोरङबाट ५ ग्राम १६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बस्ने २३ वर्षीय अनिल सहनी र झापा गौरादह नगरपालिका–८ घर भई हाल दमक नगरपालिका–७ बगैँचा टोल बस्ने ३६ वर्षीय किसन
अग्रवाल रहेका प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट अनिल सहनीलाई २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित
पक्राउ गरेको हो ।
प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, शनिबार बिहान लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले मोरङ, विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्ग जतुवाबाट अग्रवाललाई ३ ग्राम १६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
प्रहरीले बिशेष सूचनाको आधारमा भारतको जोगवनीबाट विराटनगरतर्फ आईरहेको मे.१ च ५८६२ नम्बरको कारलाई जाँचको क्रममा कार चालक किसनले लगाएको जिन्सको ज्याकेटमा खैरो हिरोईन फेला परेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण