एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गरिने, विकास समिति गठन
काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।
आइतबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठीमा बोल्दै मन्त्री ढकालले विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको बताएका हुन् ।
पृथ्वीनारायण शाहको एकीकरणको अभियान नुवाकोटबाट शुरु भएर विजय प्राप्ती भएको र देहवसान पनि नुवाकोट मै भएकोले चिम्टेश्वर लगायतका ठाउँलाई सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसाबले संरक्षण गर्न गठन आदेश मार्फत विकास समिति गठन गर्ने प्रक्रिया शुरु भइसकेको उनले बताए ।
सरकारले अग्रज र पुर्खाहरुले राष्ट्र निर्माणका निम्ति गरेको योगदानको सधै सम्मान गर्ने पनि मन्त्री ढकालले बताए । पृथ्वीनारायण शाहको राष्ट्र निर्माणको योगदानको रक्षाका लागि विभिन्न संघ–संस्था, अभियान्ताहरुसँग मिलेर सहकार्य गर्न सरकार तयार रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण