काठमाडौंमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालन गर्ने तयारी
काठमाडौं । काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो ।
कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताए । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपि, सरकारले निर्णय भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उनको भनाई छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताए । जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उनले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गरे । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।
विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अभिभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराइरहेका छन् । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताए । अभिभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्ने आशंका गरिरहेका छन् ।
देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारी रुपमा अध्ययन अध्यापन हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण