नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘अहिलेसम्म यो देशको खोप ल्याउने भनेर निक्र्योल भएको छैन । हामीले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न सकिने खोप प्राथमिकतामा राखेका छौं ।’
औषधि व्यवस्था विभागले नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अहिलेसम्म निजी क्षेत्रबाट कसैले पनि निवेदन दर्ता नगरेको जनाएको छ । सरकारले कोभ्याक्समार्फत आउने भ्याक्सिन ढिलो आए निजी क्षेत्रले समेत भ्याक्सिन ल्याउन सक्ने बताए पनि हालसम्म निजी क्षेत्रबाट कसैले पनि अनुमति नमागेको जनाएको हो ।
औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिएको छ ।
कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं प्रवक्ता सन्तोष केसीका अनुसार कुनै आधिकारिक आयातकर्ताले भ्याक्सिन प्रयोग अनुमतिका लागि निवेदन दिएमा विभाग तयारी अवस्थामा छ ।
उनले भने, ‘कुनै पनि आधिकारिक आयातकर्ता विभागले तोकेका कागजातसहित आयो भने भ्याक्सिन प्रयोगका लागि अनुमति प्रक्रिया अघि बढ्छ । तर निजी क्षेत्रबाट अहिलेसम्म निवेदन आएको छैन ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण