डिएसपी खड्कामाथि छानविन गर्न समिति गठन
काठमाडौं । विवादमा मुछिएका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कामाथि छानविन गर्न समिति गठन गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिएसपी खड्कामाथि छानविन गर्न प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डिएसपी निशान थापा सदस्य रहेका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको आरोपमा प्रहरीले उनीमाथि छानविन सुरु गरेको थियो ।
पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान नगरी छाडेको पीडितको आरोप छ ।
सुन नयाँ बसपार्कका सई नवराज इटनीको नेतृत्वमा समातिएको थियो । इटनी अहिले सिंहदरबार सरुवा भैसकेका छन् । संयोगको समूहलाई पनि ‘बिना बिलको सुन बोक्ने रु’ भन्दै डिएसपी खड्काले धम्की दिएर सुन गुपचुप पारेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण