विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्ने बताए ।
केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शङ्करप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?