नेकपा कानूनी रुपमा फुटेको छैनः उपप्रधानमन्त्री पोखरेल
मङ्गलबार, २८ पुस २०७७, २० : ११

सर्लाही । नेकपा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा फुटिनसकेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सो कुरा बताएका हुन् ।
नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोखरेलले आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताए ।
उनले तत्कालिन एमाले र माओवादीबीच एकताको शुरुवातको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको जनाउँदै उपप्रधानमन्त्री पोख्रेलले पार्टी कानूनी रुपमा नफुटेको दाबी गरे । उनले आगामी बैशाखमा निर्वाचन भएरै छाड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता