गृहमन्त्री थापा र ‘गुण्डा’ एउटै मञ्चमा !
काठमाडौं । सिन्धुली घर भएका पुष्पराज श्रेष्ठ । उनी गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका हुन् । प्रहरी प्रधान कार्यालयको रेकर्डअनुसार उनले एउटा अपहरण, ४ वटा ज्यान मार्ने उद्योग र २ वटा सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् ।
चितवनका रामबहादुर थापा ‘बादल’ । जनयुद्ध लडेर नेतृत्वमा स्थापित उनी करिब ३ बर्षदेखि गृहमन्त्रीको कुर्सीमा छन् ।
गुण्डा र जाली–फटाहालाई कानुनी दायरामा ल्याउने भूमिकामा छन् । तर, तिनै ‘बादल’सँग गुण्डागर्दी पृष्ठभूमिका पुष्पराज श्रेष्ठले सार्वजनिक मञ्च सेयर गरेका छन् । मंगलबार ललितपुरमा आयोजित खेलकुद महासंघको कार्यक्रममा पुष्पराज गृहमन्त्रीसँगै मञ्चमा ‘अतिथि’को आसनमा बसेका हुन् ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै आफ्ना कर्तुतबाट चोखिन पुष्प माओवादीमा छिरेका थिए । योङ कम्युनिष्ट लिग (वाइसिएल) को केन्द्रीय सदस्य हुँदै उनी पछिल्लो समय नेकपा निकट युवा संघ सिन्धुलीको सह–ईन्चार्ज बनेका थिए । ठेक्कापट्टा, असुली र गुण्डागर्दीमा संलग्न रहेको आरोप लाग्ने गरेका पुष्पराज पछिल्लो समय गृहमन्त्रीको सचिवालयमा कार्यरत युवा संघका नेता बिरु तामाङमार्फत बादलसँग नजिकिएको बताइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै केपी ओली प्यानलमा लागेका छन् । सरकार पक्षमा लाग्दा आफ्नो भविष्य सुरक्षित देखेपछि उनी सो समूहमा लागेको नेकपा सिन्धुलीका एक नेताले रातोपाटीलाई बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
