डब्ल्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ स्ट्रेन ५० र दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट ५० देशसम्म पुग्यो’
विश्व स्वास्थ्य संगठनले सबैभन्दा पहिला बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन अहिलेसम्म ५० देशमा पुगिसकेको जानकारी दिएको छ । यस्तै, दक्षिण अफ्रिकामा भेटिएको अर्को भेरियन्ट २० देशमा पुष्टि भइसकेको छ । संगठनले जापानमा भेटेको तेस्रो भेरियन्टको चिन्ता जताउँदै यसले प्रतिरोधी क्षमतामा असर पार्न सक्ने बताएको छ । यसको परीक्षण हुनुपर्ने आवश्यक रहेको बताएको छ ।
संगठनका अनुसार कोरोनाभाइरस जति बढी फैलन्छ, त्यो त्यति नै धेरै परिवर्तन हुने सम्भावना छ । ठूलो परिमाणमा यो फैलनुको अर्थ यसको थप भेरियन्ट आउन सक्छ । यही भाइरस कोरोनाको कारण बन्ने गर्छ । बेलायतमा पहिलो पटक १४ डिसेम्बरमा नयाँ स्ट्रेनको केस सार्वजनिक भएको थियो । यसलाई VOC 202012/01 नाम दिइएको छ ।
यसको परक्षणको नतिजाबाट थाहा हुन्छ कि यो हरेक उमेर र लिङ्गका मानिसहरुमा एकै किसिमले फैलने गर्छ । यद्यपि, कन्ट्याक्ट ट्रेसिङबाट सार्वजनिक भए अनुसार यसको फैलने दर समान्य भाइरसभन्दा बढी छ । यस्तै पहिलो पटक १८ डिसेम्बरमा दक्षिण अफ्रिकामा भेटिएको भेरियन्ट अब २० देशमा पाइएको छ ।
‘दुबै भेरियन्टलाई कम गरेर आँकलन गरिएको छ’
डब्ल्यूएचओको साप्ताहिक रिपोर्टमा बताइए अनुसार दक्षिण अफ्रिकामा चलिरहेको सुरुवाती अनुसन्धानबाट यो सम्भव छ कि 501Y.V2 भेरियन्ट पहिलाको तुलनामा थप फैलने किसिमको छ । यसबाहेक यो नयाँ भेरियन्ट थप गम्भीर बिरामीको कारण बन्न सक्दैन । यद्यपि, नयाँ केसको संख्या तीब्र रुपमा बढ्ने कारण स्वास्थ्य प्रणालीमा दबाब पर्ने गर्छ । डब्ल्यूएचओले दुबै भेरियन्टलाई संसारमा फैलावटको कम गरेर आँकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण