मुद्दा मिलाइदिने भन्दै ९० हजार माग गर्ने पक्राउ
बिहीबार, ०१ माघ २०७७, १३ : ०५
काठमाडौँ – मुद्दा मिलाइदिने भन्दै ९० हजार ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
बिहीबार बिहान काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुबाट मकवानपुर टिष्टुङ पालुङ नगरपालिका –१२ स्थायी घर भएका ३९ वर्षीय चन्द्र लामा भनिने बुद्धि बहादुर घलान पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिने भन्दै घलानले पीडितसँग ९० हजार रुपैयाँ माग गरेका थिए ।
घलानलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण