मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको तालिका, को–कोसँग भेट्दैछन् ?

बिहीबार, ०१ माघ २०७७, १३ : ४८
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । भारतले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको छ । मन्त्री ज्ञवाली भारत भ्रमणमा निस्किनु केही घण्टाअघि मात्रै (बिहीबार बिहान) भारतले उनको भ्रमण तालिका सार्वजनिक गरेको हो ।
मन्त्री ज्ञवाली भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा भाग लिन भारत प्रस्थान गरिसकेका छन् । उनी प्रस्थान गर्नु केही घण्टाअघि मात्र भारतले भ्रमण तालिका सार्वजनिक गरेको छ । 
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नयाँ दिल्ली ओर्लिएपछि कुनै औपचारिक कार्यक्रममा सहभागी हुने छैनन् ।  उनले शुक्रबार बिहान ११ बजे भारतीय समकक्षी एस जयशंकरसँग भेट गर्नेछन् भने त्यसअघि प्रवासी नेपाली संगठनका प्रतिनिधिहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

शुक्रबार भारतीय परराष्ट्रमन्त्रीसँगको भेटघाटपछि मन्त्री ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौ बैठकमा सहभागी हुनेछन् । बैठकमा दुई देशबीच भएका सहमतिका विषयमा समीक्षा हुनुका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

उनी दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुनेछन् । मन्त्री ज्ञवालीले नयाँ दिल्लीमा रहँदा उच्च राजनीतिक भेटघाट गर्ने अनुमान गरिएको छ । तर विदेश मन्त्रालयले भने त्यसबारे केही बताएको छैन ।  मन्त्री ज्ञवाली ३ गते अपरान्ह २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप