सामूहिक बलात्कार आरोपी पक्राउ
बिहीबार, ०१ माघ २०७७, १७ : १२
काठमाडौं । सामुहिक बलात्कारमा संलग्न फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार कञ्चनपुर प्रहरीले बैतडीको पञ्चेश्वर गाउँपालिका–४ घर भएका धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो ।
बैतडी पञ्चेश्वरकी १६ बर्षिया किशोरीलाई बलात्कार गरेर चन्द भागेका थिए ।
उनलाई कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले रातोपाटीलाई बताए ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागी बैतडी पठाइएको छ ।
सामुहिक बलात्कारमा संलग्न अर्का आरोपी २३ बर्षिय प्रविन चन्दलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीका अनुसार मंसिर र पुसमा किशोरीलाई पटक–पटक बलात्कार गरेको बारे उजुरी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण