ओली पक्षको निष्कर्षः माथिल्लो तहका नेता मात्र प्रचण्ड–माधव खेमामा, कार्यकर्ता आफ्नैमा !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले निर्वाचन केन्द्रित माहोल बनाएर जानुपर्नेमा जोड दिएको छ । आहिलेसम्म आफ्नो पक्षमा आधारभूत तहमै सोचिएभन्दा राम्रो हुँदै गाएको सो समूहको विश्लेषण छ ।
बालुवाटारमा बसेको समूहको सथायी समिति बैठकमा प्रतिनिधिसभा विघटनपछि आफ्नो पक्षमा देशव्यापी रुपमा भएका संगठन सुदृढीकरण र जनसभाबारे समीक्षा भएको नेता केशव बडालले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म यो बीच भएका वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । त्यस्तै, सदस्यहरुले पनि आ–आफ्नो ब्रिफिङ गरेका थिए । बैठकले माथिल्लो तहका नेता मात्र दाहाल–नेपाल खेमामा गएकाले सगठनात्मक क्षेत्रमा खास ठूलो क्षति नपुगेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री ओलीले सबै नेता कार्यकर्तालाई निर्वाचन कार्यक्रम र कार्ययोजना बनाउन निर्देशन गरेका छन् । संगठनात्मक अभियान आक्रामक बनाउने र चुनावी अभियान चलाउने गरी मेची महाकाली आधार तयार पारेर अगाडि बढ्न उनले सुझाव दिएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण