नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक जारी
काठमाडौं । नयाँ दिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक सुरु भएको छ । शुक्रबार अपरान्ह हैदरावाद हाउसमा बैठक सुरु भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरिरहेका छन् ।
बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका थिए । सुरु भएलगत्तै भारती विदेशमन्त्री एस जयशंकरले सम्बोधन गरेका छन् । विदशेमन्त्री जयशंकरले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक तीन दिनसम्म चल्ने जनाइएको छ । अहिले बैठक जारी छ । दुई देशबीच देखिएको सीमा समस्याका बारेमा छलफल गर्ने भनिए पनि भारतले त्यो विषयमा छलफल नगर्ने संकेत दिएको छ । मन्त्री ज्ञवाली ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण