दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटियो

एजेन्सी । इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् । इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो ।
उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको ५६ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । “तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हामी अब तथ्याङ्कको जाँच गरिरहेका छौं,” राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सोरजान्टो तजाहोनोले एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।
यस रेकर्डरले विमानको गति, उचाई र दिशाको बारेमा जानकारी समावेश गरेको छ । शनिवार इनडोनेसियाकोे राजधानी जकार्ताको पानीमा दुर्घटना हुनुभन्दा अघि विमानले एक मिनेट भन्दा पनि कममा आकाशबाट १० हजार फिट (तीन हजार मिटर) तल समुद्रमा खसी डुब्नुको कारणबारे महत्वपूर्ण सङ्केत दिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने