दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क भेटियो
एजेन्सी । इन्डोनेसियाका अन्वेषकहरूले दुर्घटनाग्रस्त यात्रुवहाक विमानको उडान रेकर्डरबाट तथ्याङ्कलाई सुरक्षित फेला पारिएको इन्डोनेसियाका यातायात सुरक्षा प्रमुखले शुक्रबार जानकारी दिएका छन् । इन्डोनेसियाको घरेलु उडानमा रहेको उक्त विमान गत शनिबार अपराह्न उडेको केही क्षणमै सम्पर्क विच्छेद भएको थियो ।
उक्त विमान राजधानी जकार्ताबाट पोन्टीयानाकतर्फ उडेको थियो । विमान कम्पनीले विमानको उडान समय करिव ९० मिनेटको रहेको ५६ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । “तथ्याङ्क सबै राम्रो अवस्थामा छ र हामी अब तथ्याङ्कको जाँच गरिरहेका छौं,” राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुख सोरजान्टो तजाहोनोले एक विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।
यस रेकर्डरले विमानको गति, उचाई र दिशाको बारेमा जानकारी समावेश गरेको छ । शनिवार इनडोनेसियाकोे राजधानी जकार्ताको पानीमा दुर्घटना हुनुभन्दा अघि विमानले एक मिनेट भन्दा पनि कममा आकाशबाट १० हजार फिट (तीन हजार मिटर) तल समुद्रमा खसी डुब्नुको कारणबारे महत्वपूर्ण सङ्केत दिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण