लुम्बिनी प्रादेशिक अस्पतालमा मुख तथा अनुहारको जटिल शल्यक्रिया
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा एकपछि अर्को सेवा थप्ने क्रम शुरु भएको छ ।
प्रदेश सरकारले प्रदेशको गौरवको योजना राख्दै अस्पतालको विकासको लागि एक पछि अर्को सेवा थप्ने क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समयमा डेन्टल विभागबाट अन्य उपचार सेवाका साथै शल्यक्रिया उपचार सेवा सुरु गरेको हो । शुरुमै डेन्टल सेवाका मुख तथा अनुहार सम्बन्धी जटिल शल्यक्रिया सम्पन गरेको अस्पतालले जनाएको छ ।
डेन्टल बिभाग प्रमुख डेन्टल कन्सल्टेन्ट डा.वर्षा थापाले चोटपटक लागेर अनुहारको हड्डी भाँचिएको रुपन्देहीको ओम सतिय गाउँपालिका विनोद प्रसाद कोरीको शल्यक्रिया गरि हड्डी जोड्ने उपचार सफलतापूर्वक सम्पन्न गरिएको रातोपाटीलाई बताइन् ।

जटिल शल्यक्रियामा प्रमुख डेन्टल कन्सल्टेन्ट डा.थापा डा.विवेक महतो,कन्सल्टेन्ट म्यग्जिलो फेसियल सर्जन लगायतको टिम शल्यक्रिया गरेको थियो।
अस्पतालले विपन्न बर्गका ११ वर्षे बालकको निःशुल्क रुपमा अनुहारको ट्युमरको पनि शल्यक्रिया सेवा प्रदान गरिएको थापाले बताइन् ।
लुम्बिनी प्रदेशिक अस्पालमा दैनिक २ जना जतिको उपचार हुँदै आएको छ । ३ सय वेड भएको सरकारी अस्पतालमा नै गुणस्तरीय सेवा न्यून शुल्कमा प्रदान गर्न गरिँदै आएको अस्पतालको भनाइ छ ।
अस्पतालमा पल्छिलो सयम मुटु र मृगौलाको उपचार सेवा पनि थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण