जन्मदिनको अवसरमा निश्चल बस्नेतले गरे नयाँ फिल्मको घोषणाः भने, ‘यो वर्ष जिन्दाबाद निर्देशन गर्छु’
आइतबार, ०४ माघ २०७७, ०६ : १५

निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् ।
उनले यसवर्ष जिन्दाबाद नामको फिल्मको निर्देशन गर्ने जानकारी दिएका छन् ।
शनिबार मध्य रातमा निश्चलले आफ्नो फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका हुन् ।
उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना पनि दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना ।’
जन्मदिनको शुभकामना निश्चल , राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यहि दिएँ आफैलाइ शुभकामना । यो बर्ष 'जिन्दाबाद' निर्देशन गर्नेछु ।
Posted by Nischal Basnet on Saturday, 16 January 2021
अन्त्यमा उनले लेखेका छन्, ‘यो वर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’
उनको यो पोस्टमा थुप्रै प्रशंसकले उनको जन्मदिन र आगामी फिल्मका लागि शुभकामना दिएका छन् ।