जन्मदिनको अवसरमा निश्चल बस्नेतले गरे नयाँ फिल्मको घोषणाः भने, ‘यो वर्ष जिन्दाबाद निर्देशन गर्छु’
आइतबार, ०४ माघ २०७७, ०६ : १५
निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् ।
उनले यसवर्ष जिन्दाबाद नामको फिल्मको निर्देशन गर्ने जानकारी दिएका छन् ।
शनिबार मध्य रातमा निश्चलले आफ्नो फेसबुकमा स्टेटस लेखेर यसबारे जानकारी दिएका हुन् ।
उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना पनि दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना ।’
जन्मदिनको शुभकामना निश्चल , राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यहि दिएँ आफैलाइ शुभकामना । यो बर्ष 'जिन्दाबाद' निर्देशन गर्नेछु ।
Posted by Nischal Basnet on Saturday, 16 January 2021
अन्त्यमा उनले लेखेका छन्, ‘यो वर्ष ‘जिन्दाबाद’ निर्देशन गर्नेछु ।’
उनको यो पोस्टमा थुप्रै प्रशंसकले उनको जन्मदिन र आगामी फिल्मका लागि शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण