'राजतन्त्र फर्काउन नेकपा विभाजन'
धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् ।
राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुर्नस्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए ।’ थापाले भने–‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिसातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउँन थाले । नेकपाभित्रका असन्तुष्ट समुहलाई उक्साए उत्तेजित बनाएर उनीहरुले पार्टी बिभाजन गराउँन सफल भए ।’
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट हरेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको उनको तर्क छ । राजावादीको डिजाईन अनुसार नै १९ पेजको आरोपपत्र आएको दावी गर्दै उनले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताए । नेकपा बिभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपार्टीदेखि सवै जनता विभाजनप्रति असन्तुष्ट रहेको भएपनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी सक्तिहरुले खुशीयाली मनाईरहेको थापाले बताए । यो समाचार आजको राजधानी दैनिकमा रविन कटेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण