प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त
काठमाडौं । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।
यसअघि राज्यमन्त्री रहेका दुगडलाई पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी ओलीले नै वर्खास्त गरेका थिए । उनको वर्खास्तीसँगै हाल उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक नियुक्त भएका छन् ।
तर हालैमात्र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका दुगडले आफु राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्ती दिएको बताएका छन् ।
‘निकै खुशी छु जुन सरकारले मेरो राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै मलाई पुनःप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार जस्तो गरिमामय पदमा नियुक्ति दिएको छ’ दुगडले भने, ‘प्रधानमन्त्रीले मलाई डा.युवराज खतिवडाको ठाउँमा ल्याउनु भएको छ ।’
दुगडका अनुसार उनले आजै मात्र विशेष आर्थिक सल्लाहकारको नियुक्तिपत्र पाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । तर, पछि खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो । सो स्थानमा प्रधानमन्त्री ओलीले अहिले दुगडलाई ल्याएका हुन् । योसँगै दुगडले अब मन्त्री सरहको सेवा सुविधा पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण