वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी छ । साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रुपमा नयाँ श्रमस्वीकृति लिनेको संख्या १३ हजार १ स्य ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झण्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।
‘चैत पहिलो सातादेखि रोजगारीमा जान रोकिएपछि हामीले बिदामा आएर फर्कन चाहने श्रमिकका लागि साउनदेखि पुनः श्रमस्वीकृति दिन थालेका थियौँ, संस्थागतबाट पठाउने काम भने भदौमा मात्रै सुरु भयो,’ विभागका महानिर्देशक कुमार दाहालले भने, ‘भदौदेखि पुस मसान्तसम्मको रेकर्ड हेर्दा हरेक महिना विस्तारै रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण