चोरको आँखा पल्सरमा : काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी !
पछिल्ला दिनमा काठमाडौँ उपत्यकाबाट दैनिक चारदेखि पाँचवटा मोटरसाइकल चोरी हुने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखामा दैनिक आउने उजुरीले यो तथ्यलाई पुष्टि गर्छ ।
विशेष गरी बजाज कम्पनीको पल्सर मोटरसाइकल धेरै चोरी हुने गरेको महाशाखाको तथ्यांक छ । गत मंसिर महिनामा मात्रै उपत्यकाबाट एक सय ४३ वटा मोटरसाइकल चोरी भएको उजुरी महाशाखामा परेको थियो । चोरी भएकामध्ये एक सय ११ वटा पल्सर मोटरसाइकल छन् ।
त्यसैगरी पुसमा एक सय ४७ वटा मोटरसाइकल चोरी भएको उजुरी परेका छन् । तीमध्ये एक सय १७ वटा पल्सर मोटरसाइकल चोरी भएका छन् । महाशाखाकाअनुसार कात्तिकमा एक सय ११ वटा मोटरसाइकल चोरी भएकामा ९३ वटा पल्सर मोटरसाइकल छन् । चोरी भएको अनुपानमा भेटिने संख्या भने कमै देखिन्छ ।
उपत्यकाबाट चोरी हुने मोटरसाइकलमा २२० सीसीका पल्सर मोटरसाइकल धेरै छन् । पल्सर मोटरसाइकलको इन्जिनमार्फत पानी तान्ने मोटरको काम गर्न सकने भएकाले चोरीमा संलग्न गिरोहको रोजाइमा यो मोटरसाइकल पर्ने गरेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण