अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ
नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले अवैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ ।
काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नं ३ उल्लेखित ०१–०२४ च ४२७० नंको बोलेरो गाडी र संग्लग्न व्यक्तिलाई वन ऐनअनुसार कारवाही चलाउन लागिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ ।
वन कार्यालयको अनुमति नभई ओसारपसार गर्न नपाइने व्यवस्था भएको र रातको समयमा लुकाई लैजान लागेको काठ अवैध पाइएसँगै उनीहरुलाई जिल्ला अदालत नुवाकोटमार्फत कारवाही अघि बढाउन लागिएको कार्यालयका सूचना अधिकारी तुलाराम घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण