धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना बागबजारबाट पक्राउ
सोमबार, ०५ माघ २०७७, १८ : १९
काठमाडौँ । फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना पक्राउ परेका छन् ।
आइतबार साँझ काठमाडौँको बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदिप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरुले फोन र म्यासेजमार्फत काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरुलाई रकम माग्ने गरेको र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेका महानगरी अपराध महाशाखाले जनाएको छ ।
धम्क्याउँदै रकम असुली गर्न खोज्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा महाशाखाले परिचालन गरेको प्रहरी टोलीले उक्त गिरोह पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ ।
थप अनुसन्धानका लागि अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण