६ महिनामै जन्मिएका बालक ३ महिना लामो उपचारपछि डिस्चार्ज
दाङको तुलसीपुरमा एक महिलाले गर्भ रहेको ६ महिनामै बच्चा जन्माइन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ लुहाडवरा निवासी रेसु रावतले गत कार्तिक १ गते बच्चा जन्मने समय भन्दा ३ महिना अघि नै दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी हुन् । उनले घोराहीको गोर्खा हस्पिटलमा छोरालाई जन्म दिएकी हुन् ।
तर, उनको बच्चाको अवस्था निकै कमजोर भएका कारण तत्कालै तुलसीपुरस्थित तुलसी बाल अस्पतालमा भर्ना गर्न ल्याएको थियो ।
अस्पतालका सञ्चालक तथा बालरोग बिशेषज्ञ डाक्टर किशोर खत्रीले बच्चालाई ३ महिनासम्म अस्पतालमै राखेर उपचार गरेर सामान्न अवस्थामा आएपछि सोमवार डिस्चार्ज गरिएको जानकारी दिए ।आमालाई थाइराइट रोगको समस्या भएका कारण अगाडी नै बच्चा जन्मिएको डा. खत्रीले बताए ।
जन्मदा ८ सय ग्राम रहेको उक्त बच्चा अहिले २ किलो साढे ४ सय ग्राम रहेको डा. केसीले बताए । सामान्य बच्चाको तौल जन्मदा साढे २ देखि साढे ३ केजी सम्मको हुनुपर्ने हुन्छ ।
‘समय अघि नै जन्मने बच्चाहरु विकसित देशहरुमा पनि मृत्युदर बढी हुने गर्दछ’ उनले भने ‘यस्ता खालका बच्चामा संक्रमणको डर बढी हुने हुदाँ हामीले धेरै प्रयास पछि बच्चा बचाउन सफल भएका हौं।’
बच्चालाई प्लेटलेट्सको आवश्यकता परेको हुदाँ १८ दिन नेपालगञ्ज मेडिकल कलेजमा राखिएको समेत डा. केसीले जानकारी दिए । त्यसपछि पुनः तुलसी बाल अस्पतालमा ल्याएर बच्चा भर्ना गरिएको थियो । अहिले आमा बच्चा दुवैको अवस्था अहिले सामान्य रहेको डा. खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण