रोल्पामा एक महिलामाथि गोली प्रहार
रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो ।
जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् । हरिणले गहुँबाली खाएर नाश पारेपछि हरिन मार्न भनेर आफू बसेको र झुसमुसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिन ठानेर आफुले गोली चलाएको भन्ने दाबी पुनले प्रहरी गरेको डिएसपी सुबेदीले बताए ।
गोली हान्ने पुनलाई मंगलवार विहान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण