बाँकेमा कोरोनाबाट दुईको मृत्यु
मङ्गलबार, ०६ माघ २०७७, २१ : ५३
बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरका ७० वर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको जानकारी दिइएको छ ।
गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको मृत्यु भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।
अर्को एक जना होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनी एक्कासि बेहोस भएका थिए । भेरी अस्पताल लगिएलगत्तै उनको मृत्यु भएको फोकल पर्सन वलीले बताए । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण