कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर
गत मंसिर २६ गते राति चिंगाड गाउँपालिकाकी १५ वर्षीया बालिका छिमेकीबाटै बलात्कृत भइन् । बालिकाका आफन्तले दुई दिनपछि ३० वर्षीय ओमबहादुर रानाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जबरजस्ती करणी मुद्दा दार्ता गरे । प्रहरीले भोलिपल्टै उनलाई पक्राउ गर्यो ।
हिरासतमा राखिएको एक सातापछि उनको कोरोना परीक्षण गरियो । रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले बलात्कार आरोपीलाई हिरासतमुक्त गर्यो । होम आइसोलेसनमा बस्ने गरेर हिरासतमुक्त भएका उनी ठाउँ गएर भोजभतेर गर्न थाले । पीडितको घरमै पुगेर मुद्दा फिर्ता लिन धम्क्याउन थाले ।
‘गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कोरोनाको बहानामा घर पठाउँदा पीडितलाई पर्ने असरका बारेमा प्रहरीले ख्यालै नगरेको देखिन्छ,’ अधिवक्ता विवसकुमार बस्नेतले भने ।
होम आइसोलेसनमा पठाएको बलात्कार आरोप गाउँ पुगेर भोजभतेर गरेको, प्रहरीलाई घुस दिएर आफू छुटेको बताउने गरेको, पीडितको घरमा पुगेर धम्क्याउने गरेको जस्ता गुनासो प्रहरीकोमा नपुगेको होइन । प्रहरीले अहिलेसम्म गुनासाहरु नसुनेझैँ गरिररहेको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण