भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु
भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
भारतस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘छिमेकी देशहरूबाट भ्याक्सिन उपलब्ध गराउन आग्रह गरिएको छ । बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश र म्यानमारलाई खोप आपूर्ति गर्छौं ।’
औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीलगायतलाई यसको डोज दिने सरकारको तयारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालले कोरोनाविरुद्धको खोप छिट्टै प्राप्त गर्ने बताए । उनले भने, आज (बुधबार)सम्म केही हुन्छ कि भन्ने हो । तर खोप कहिले र कति आउने भन्नेबारे टुंगो छैन ।’
स्वास्थ्य मन्त्रालयका अनुसार अनुदानमा खोप आउने भनिए पनि कति आउने भन्ने निक्र्योल भएको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोनाविरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण