बेलायतमा थप १२९० को मृत्यु, ३७ हजार बढी संक्रमित
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो । यससँगै बेलायतमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ । बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो,जुन महामारीयताकै उच्च हो ।
सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वभरमा पाँचौं स्थानमा पार्दछ । यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ जान नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख ४३ हजार ६४६ पुगेको छ । कोरोना संक्रमित संख्या बढेसँगै बेलायतमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएको छ ।
हालसम्म झन्डै पचास लाख मानिसहरुलाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये ४९ लाख ७३ हजार २४८ जनाले पहिलो डोज लिएका छन् भने चार लाख ६४ हजार ३६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण