अभिनेत्रीको उमेर हदबारे काजोलले दिइन् यस्तो जवाफ
एजेन्सी । फिल्म उद्योगमा धेरै उमेर भएका अभिनेत्रीले कम काम पाउने विषयमा बेला–बेला चर्चा भइरहन्छ । यस वर्ष अभिनेत्री काजोलले यसबारे मुख खोलेकी छिन् । २९ वर्षदेखि फिल्म उद्योगको हिस्सा रहेकी काजोल भन्छिन्, ‘यो कुरा केही हदसम्म ठिक छ । तर यस्ता उदाहरण पनि देख्न पाइएको छ, जहाँ कुनै भेदभाव भएको छैन ।’
पछिल्लोपटक अभिनेत्री दिया मिर्जाले यही विषयमा बोलेकी थिइन् । उनले ५० वर्षभन्दा धेरै उमेरका अभिनेताहरुले आफुभन्दा आधा उमेरकी अभिनेत्रीसँग रोमान्सपूर्ण अभिनय गरेको देख्दा अनौठो लाग्ने बताएकी थिइन् ।
यही विषयमा काजोलले उदाहरणसहित भनेकी छिन्, ‘वास्तविकता यही हो कि सर्मिला टैगोर, साधना, नरगिस दत्तलगायत अभिनेत्रीहरुले विवाहपछि पनि लामो समयसम्म काम गरेका थिए । यी अभित्रेनीहरुको उमेर ४० नजिक थियो र उनीहरुले उद्योगमा काम गरिरहेका थिए ।’
काजोलले केही महिला अभिनेत्रीहरुले लगातार काम गरिरहेको बताइन् । उनले भनिन्, ‘म आफैं काम गरिरहेको छु र मलाई यसमा गर्व छ । म बलिउडमा उमेरको मुद्दालाई धेरै महत्व दिन्न ।’ उनले कुनै भूमिकाका लागि आफ्नो उमेर बढी भइसकेको छ या छैन भन्ने विषय आफैंले महसुस गर्नुपर्ने बताए ।
‘यदि आमिर खानले ४० वर्षको उमेरमा थ्री इडियट फिल्ममा एक कलेज स्टुडेन्टको भूमिका खेल्नसक्छन् भने म किन सक्दिन । उनलाई लागेको थियो कि यस्तो गर्नसक्छु र केही स्पेशल इफेक्टस्हरुको सहयोगले उनले यस्तो गरे पनि,’ उनले भनिन्,‘यदि तपाईलाई म यो काम गर्नसक्छु भन्ने लाग्छ भने तपाई र्ग सक्नुहुन्छ । तर, यदि तपाईलाई सक्दिनजस्तो लाग्छ भने तपाईलाई काम मिल्दैन ।’
भर्खरै रिलिज भएको फिल्म त्रिभंगामा काजोलले एक ओडिसी डान्सरको भूमिका निभाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण
-
सभामुखसँग प्रमुख सचेतकको बैठक : शुक्रबारको बैठकमा रविले संसद्मा सम्बोधन गर्ने
-
‘यो निर्वाचनपछि भारत अझै शक्तिशाली भएर आउँछ, यो कुरा नेपालले बुझ्न जरुरी छ’
-
मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
-
कृषकलाई बङ्गुरको पाठा वितरण
-
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न क्षेत्रमा सहयोग