दैलेखमा विप्लव समूहद्वारा राँके जुलुस
शुक्रबार, ०९ माघ २०७७, २१ : ५४
सुर्खेत । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ । दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो ।
भोलि १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ । राँके जुलुस सँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए ।
दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ भने सदरमुकाम आसपासका गाउँमा पनि विप्लवले राँके जुलुस निकालेको विप्लवका एक नेता कार्यकर्ताले बताए ।
उनले कसैले नेपाल वन्दको अवज्ञा गरेछ भने सोही जिम्मेवारी हुन र नेपाल बन्द सफलको लागि सबैमा सहयोगको आह्वान समेत गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण