प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति बार एशोसिएशनका पूर्व अध्यक्षहरुको आपत्ति

काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान गरिएको भन्दै पूर्वअध्यक्षहरुले आपत्ति जनाएका हुन् ।
आइतबार बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहि रहेका बखतमा प्रधानमन्त्री ओलीले माघ ९ गते आफ्नो दलका पेशा व्यवसायीहरुको भेलामा अभिव्यक्त विचारले पूर्वअध्यक्ष भण्डारीको घोर अपमान र मानमर्दन भएको र सत्ता पक्षलले समस्त कानून व्यवसायमाथि नै निर्लज्ज प्रहार भएको निश्कर्ष निकालेका छन् । प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको यो ?’ भन्ने अव्यिक्ति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै