प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति बार एशोसिएशनका पूर्व अध्यक्षहरुको आपत्ति
काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान गरिएको भन्दै पूर्वअध्यक्षहरुले आपत्ति जनाएका हुन् ।
आइतबार बारका पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटनको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहि रहेका बखतमा प्रधानमन्त्री ओलीले माघ ९ गते आफ्नो दलका पेशा व्यवसायीहरुको भेलामा अभिव्यक्त विचारले पूर्वअध्यक्ष भण्डारीको घोर अपमान र मानमर्दन भएको र सत्ता पक्षलले समस्त कानून व्यवसायमाथि नै निर्लज्ज प्रहार भएको निश्कर्ष निकालेका छन् । प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममा ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको यो ?’ भन्ने अव्यिक्ति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण