प्रधानमन्त्री ओलीले ट्रम्प र मोदीको कार्यशैली सिके : पीताम्बर शर्मा
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैली सिकेको राजनीतिक विश्लेषक पीताम्बर शर्माले बताएका छन्।
सिंगो नेपाली समाज नै लोकतन्त्रका लागि तयार थिएन कि भन्ने भन्ने प्रश्नमा शर्माले भने नेपालमा जुन प्रणाली ल्याउन यतिका समय खर्च गरियो त्यसमै दलहरू इमानदार नभएको उनले बताएका छन्।
आजको कान्तिपुर दैनिकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे लिइएको अन्तर्वार्तामा उनले भने, ‘गणतन्त्र र संघीयताका जुन प्रणाली हामीले ल्यायौं, त्यसअनुसार दलहरुले व्यवहार गरेनन्। हामीले प्रणाली ल्यायौं तर त्यो प्रणाली चलाउने तिनै रहे। तिनको नियत त्यही रह्यो।’
दुई तिहाइको प्रधानमन्त्रीले हास्यास्पद र दुस्साहस गरेको भन्दै उनले आफूले काम गर्न नसकेर प्रधानमन्त्रीले यस्तो कदम चालेका पनि बताए। साथै संसद विघटन कार्य प्रधामन्त्रीको असक्षमताको प्रमाण भएको पनि उनले बताएका छन्।
प्रधानमन्त्रीले रेल पानीजहाज र राम मन्दिरको कुरा झिकेर विकासलाई प्राथमिकता र यसको अनुगमन र निरीक्षण कहिल्यै पनि नभएको आरोप लगाए।
प्रधानमन्त्रीले खाली मलाई काम गर्न नदिएको भन्ने तर्क गरे पनि उनलाई कसले काम गर्न बाटो नरोकेको पनि उनले जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण