वरुणको विवाहमा करण जोहरको भावुक पोस्टः लेखे, ‘मेरो केटो हुर्कियो
बलिउड नायक वरुण धवन र नताशा दलाल जनवरी २४ तारिखमा (आइतबार) विवाह बन्धनमा बाँधिए । उनीहरुको विवाहको पहिलो तस्बिर सार्वजनिक हुने बित्तिकै सेलिब्रिटी र प्रशंसकको बधाईको ताँती लाग्यो । निर्माता–निर्देशक करण जाहेरले पनि वरुण र नताशाका लागि एक भावुक पोस्ट साझा गरेका छन् । यद्यपि, करण वरुणको विवाहमा उनको उपस्थिती रह्यो ।
करणले लेखे, ‘जतिजति म पोस्ट लेखिरहेको छु । म त्यति नै मिश्रित भावना र यादले ओतप्रोत हुँदैछु । मलाई अहिले पनि याद छ कि गोवामा यो बच्चासँग मेरो भेटघाट, लामो कपाल, आँखामा ठूला सपना र स्वैग जुन बाहिर आउनका लागि तड्पिरहेको थियो । केही वर्षपछि उनी मेरो फिल्म माई नेम इज खानका लागि असिस्टेन्ट थिए । मैले चुपचाप उसको इमान्दारी देखेँ र मानिसहरुलाई हँसाउने क्षमता ।’
‘जब पहिलो पटक उसले मेरो लागि क्यामरा सामना गर्यो तब मभित्र आफसे आफ उसका लागि एक सुरक्षाको भावना पलायो र प्रेम बर्सियो... एक अभिभावक जस्तै । यस्तै महसुस आज मलाई पुनः भयो जब मैले उसलाई उसको प्रेमसँग अग्नीसँग फेरा लिएको देखेँ । मेरो केटो हुर्कियो र जीवनको यो सुन्दर चरणका लागि तयार छ । बधाई छ मेरा प्यारा नताशा र वरुण ! मेरो आशीर्वाद र प्रेम सधैं रहनेछ... लभ यू ।’
करणको फिल्मबाट वरुणले गरेका थिए बलिउड डेब्यूः
स्मरण रहोस्, वरुणले करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयरबाट बलिउडबाट डेब्यू गरेका थिए । फिल्ममा वरुणसँग आलिया भट्ट र सिद्धार्थ मल्होत्राले पनि बलिउड डेब्यू गरेका थिए । यो फिल्म वरुणका लागि निकै विशेष र सफल रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण