नेप्सेले सोधेको जवाफमा एनसीसीले भन्यो- मर्जरमा जाने औपचारिक निर्णय भएको छैन
काठमाडौं । एनसीसी बैंकले अन्य कुनै बैंकसँग आफु मर्जर तथा एक्विजिसनमा जाने औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ । आइतबार नेप्सेले एनसीसीले सेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको वा नगरेको त्यस सम्बन्धमा ३ दिनभित्र जानकारी दिन स्पष्टीकरण सोधेको थियो । नेप्सेलाई लिखित जवाफ पठाउँदै एनसीसीले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनसम्बन्धी कुनै निर्णय नभएको बताएको हो ।
बैंकको साधारणसभाले मर्जर तथा एक्विजसनमा जानका लागि गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस सम्बन्धमा कुनै बैंकसँग कुरा नभएको जनाएको छ । नेप्सेको पत्रको जवाफमा एनसीसीले मर्जरका लागि सम्भावित संस्थाको खोजी गरिरहेको भए पनि अहिलेसम्म औपचारिक निर्णय भइनसकेको बताएको हो । एनसीसी बैंकको आफ्नो साधारणसभामा आफुभन्दा बलियो संस्थासँग मर्जरमा जाने निर्णय गरेको थियो । जसले बैंकको सेयर माग आकाशिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण