हुम्लामा चिनियाँ मदिरा बरामद
सोमबार, १२ माघ २०७७, २० : ५४
सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा पर्ने खार्पुबाट ठूलो परिमाणमा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो ।
खार्पुबाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरासहित लालीका ३८ वर्षीय धीरेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले थप अनुसन्धान भईरहेको जनाए । मदिरा यसअघि नै चीनबाट भित्रिएको हुन सक्ने र अहिले व्यवस्थापनका क्रममा पक्राउ परेको प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण