धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम
नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ ।
फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूभर्ग विभागले जनाएको छ । खानी तथा भूभर्ग विभागका महानिर्देशक रामप्रसाद घिमिरेले धौवादी फलाम खानीबाट उत्पादन हुने फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको जानकारी दिए । उनले भने, “चीनको छेन्दुस्थित सिचुवान इन्स्टिच्युट अफ जिओलोजी एन्ड मेटलर्जिकल एक्सप्लोरेसनमा भएको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने र ती फलामबाट स्टिलसमेत उत्पादन गर्न सकिने प्रमाणित भएको छ ।’’
“परीक्षण प्रतिवेदनअनुसार धौवादीमा पाइएको फलामको कच्चा पदार्थमा फलामको आधारभूत मात्रा ३५ प्रतिशत रहेको प्रमाणित भएको छ । त्यस मात्रामा रहेको फलामको कच्चा पदार्थलाई फलाम बनाउन त्यसलाई कम्तीमा ५६ प्रतिशतमा ‘अपग्रेड’ गर्नुपर्छ”, महानिर्देशक घिमिरेले भने ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण