संस्कृत पढ्दै मुस्लिम विद्यार्थी
संस्कृत शिक्षा ब्राह्मण समुदायले मात्रै अध्ययन गर्नुपर्छ भन्ने परम्परागत मान्यता विस्तारै तोडिँदै गएको छ । संस्कृत शिक्षाप्रति अन्य समुदाय र धर्मावलम्बीका विद्यार्थीले पनि रुचि राख्न थालेका छन् ।
तनहुँको सदरमुकाम दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षा अध्ययन गर्नेमा ब्राह्मणभन्दा अन्य समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा मुस्लिम समुदायका विद्यार्थीको आकर्षण बढ्दै गएको छ । मुस्लिम समुदायका ३५ विद्यार्थीले संस्कृत पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले जानकारी दिए। मुस्लिमका अतिरिक्त बौद्ध तथा इसाई धर्मावलम्बी विद्यार्थीको सङ्ख्या पनि बढ्दै गएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार विद्यालयमा २८१ जना विद्यार्थी छन् । यहाँ ९५ प्रतिशत दलित तथा जनजाति विद्यार्थीले अध्ययन गर्ने गरेको प्रधानाध्यापक निरौलाले जानकारी दिए । “संस्कृत शिक्षा अध्ययन गर्नेले बेरोजगार बन्ने सम्भावना कम हुन्छ । उच्च शिक्षामा जुनसुकै क्षेत्रका प्रवेश गर्न पाइने, कर्मकाण्ड, पुराण वाचन तथा शिक्षण जस्ता क्षेत्रमा पर्याप्त अवसर पाइन्छ”, प्रधानाध्यापक निरौलाले भने ।
संस्कृत शिक्षा समयानुकूल आवश्यक छ भन्ने बुझेर सबै धर्मावलम्बी अध्ययनका लागि आएको जानकारी उनले दिए ।
बारा जिल्ला स्थायी घर भई हाल दमौलीमा बस्नुहुने कक्षा १० अध्ययन गर्ने मुस्लिम समुदायकी रुक्सान खातुनले संस्कृत शिक्षा जीवनका लागि अपरिहार्य भन्ने ठानेर कक्षा १ देखि नै अध्ययन गरेको बताइन् । उनले भनिन्, “भविष्यमा नर्स बन्ने सपना छ तर जीवनका लागि संस्कृत शिक्षा सिक्न पनि जरुरी छ भन्ने ठानेर पढेकी हुँ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण