आर्थिक संकटसँग जुध्न मुद्रा कोष गुहार्दै सरकार
काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो।
‘हामीले सरकारका सबैजसो सरोकारवाला निकाय र आईएमएफका प्रतिनिधिबीच धेरै चरणमा वार्ता गरिसकेका छौं’, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने। नेपालका अनुसार अबको एक महिनाभित्र त्यस्तो सहायताको सबै पूर्वतयारी सक्ने योजनामा काम भइरहेको छ।
विश्व बैंक समूहअन्तर्गतको यो संस्थाले अन्तरसरकारी भुक्तानीलाई व्यवस्थित गर्ने र मुलुकहरूको वित्तीय सुरक्षा मजबुत बनाउन सहयोग गर्दै आएको छ। आईएमएफले भुक्तानी सन्तुलनमा गम्भीर समस्या आएका बेला गरिब मुलुकलाई ऋण सहायता उपलब्ध गराउने गरेको छ। अहिले नेपालको भुक्तानी सन्तुलन ठीकठाक भए पनि कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न पुँजी, प्रविधि र सीपको खाँचो परेको भन्दै सरकारले सहायता लिने प्रक्रिया थालेको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण