पार्टीका केही नेता ढुलमुले भएः उपप्रधानमन्त्री पोखरेल
बिहीबार, १५ माघ २०७७, २२ : ५१
इनरुवा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र केही नेताको स्वभाव ढुलमुले प्रवृत्तिको भएको बताएका छन् । सुनसरीको दुहबीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले पार्टीभित्र संँगसंँगै अघि बढ्ने भनी गरिएका सहमतिको विपक्षमा गई केही व्यक्ति स्वार्थ लिप्तामा लागेको आरोप लगाए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध प्रदेश सरकारमा पेश भएको अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको बताए । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदीशप्रसाद कुशियत, पार्टी नेत्री भगवती चौधरीलगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण