रित्तिन थाल्यो चिनीको मौज्दात
काठमाडौं । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरीद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ ।
साल्ट ट्रेडिङले दशैंअघि नै ३० हजार टन चिनी खरीदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरीद अनुमति पाउन सकेको छैन ।
यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरीद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरीदका लागि अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति पाएको थियो । साल्टसँग यतिबेला १ हजार टन मात्र चिनी मौज्दात रहेको छ । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले खरीद अनुमति नदिनु दुःखद कुरा भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘मौज्दात पर्याप्त राख्न र बजार मूल्य नियन्त्रण गर्न हामीले दशैंअघि नै खरीद अनुमति माग्दा पनि अहिलेसम्म अनुमति पाउन सकेनौं जसको असर अहिले बजार मूल्यमा परिरहेको छ,’ उनले भने ।
चिनीको मौज्दात रित्तिने क्रममा रहेको भएपनि साल्टले खरीद अनुमति पाउन अझे करीब डेढ महीना लाग्न सक्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार यति बेला नेपाली चिनी उद्योगहरूले उखु क्रशिङ गरिरहेकाले आन्तरिक उत्पादन कति हुन्छ भन्ने यकिन भइसकेको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण