बलिउड अभिनेता शरमन जोशीका पिताको निधन, शोलेमा गरेका थिए काम
बलिउड अभिनेता शरमन जोशीका पिता तथा दिग्गज थिएटर कलाकार अरविन्द जोशीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार उनी मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत थिए । शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
अरविन्द जोशी गुजराती थिएटर कलाकार र निर्देशकका रुपमा चिनिन्छन् । अरविन्दका पत्नी र दुई सन्तान (छोरा शरमन र छोरी मानसी जोशी राय रहेका छन् ।
अरविन्द प्रेम चोपडाका सम्धी थिए । शरमनले प्रेम चोपडाकी छोरी प्रेरणा चोपडासँग विवाह गरेका छन् । छोरी मानसीको विवाह टिभी तथा बलिउड अभिनेता रोहित रोयसँग भएको छ । उनी रोनित रोयका भाइ हुन् ।
अरविन्द चर्चित टिभी तथा चलचित्र नायिका सरिता जोशीका देवर पनि हुन् ।
गुजराती थिएटरका साथै अरविन्दले केही बलिउड चलचित्रमा काम गरेका थिए । यसमा सन् १९७५ मा धमेन्द्र लर अमिताभ बच्चन अभिनित सुपरहित चलचित्र शोले पनि शामिल छ । रमेश सिप्पीको निर्देशनमा बनेको यस चलचित्रमा सहायक निर्देशकका रुपमा काम गरेका थिए ।
त्यस्तै, सन् १९६९ मा उनले राजेश खन्ना अभिनित इत्तेफाकमा यश चोपडालाई सहयोग गरेका थिए । सन् १९९० मा ‘अपमानकी आग’ मा इन्सपेक्टर प्रभाकरको भूमिका निभाएका थिए ।
स्रोतः दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण